+
+
Shares

ग्लोबल आईएमई बैंक र हेफर प्रोजेक्ट नेपालबीच सहुलियतपूर्ण कृषि कर्जा प्रवाहसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १७:१५

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र हेफर प्रोजेक्ट नेपालबीच गुल्मीका बाख्रापालक कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।

‘बाख्रा पालन सामुदायिक विकास परियोजना’ अन्तर्गत बाख्रा पालक कृषकलाई प्रोत्साहन गरी वित्तीय मूलप्रवाहमा साना किसानहरुको पँहुच बढाई कृषि उत्पादन अभिबृद्धि गर्न सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रमकाबीच बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवी श्रेष्ठ, मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बिष्ट, मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा, मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हेफर प्रोजेक्ट नेपालको तर्फबाट बाख्रापालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार ग्लोबल आईएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाउँपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपालले परियोजना लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम दश लाख रुपया मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । साथै परियोजना अन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?