+
+
Shares

ग्लोबल आईएमई बैंकको ५.९९ प्रतिशत ब्याजदरमा ‘अटो लोन’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले नाइमा मोबिलिटी एक्स्पो २०२६ लक्षित गर्दै ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा गाडी कर्जा योजना सार्वजनिक गरेको छ।
  • एक्स्पोमा नयाँ विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि बैंकले आधारदरमा न्युनतम ०.५ प्रतिशत प्रिमियम थपेर ५.२५ प्रतिशत ब्याजदरमा कर्जा दिने व्यवस्था मिलाएको छ।
  • अन्य वित्तीय संस्थाबाट लिएको अटो लोनलाई बैंकमा सार्न मिल्ने गरी अटो लोन स्वाप सुविधासमेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

२८ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा प्रदान गरेको छ । बैंकले नाइमा मोबिलिटी एक्स्पो २०२६ लक्षित यस्तो योजना ल्याएको हो ।

बैंकले व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना ल्याएको जनाएको छ । सो योजना अनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्युनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत कायम हुन्छ ।

बैंकको आधारदर घटबढ भए अनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बैंकले जनाएको छ । नाइमा एक्सपोमा नयाँ ईभी गाडी किन्ने ग्राहकलाई बैंकले अर्को योजना पनि ल्याएको छ ।

जसअनुसार ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना छ । ३ वर्ष पछि उक्त कर्जाको दर आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने बैंकले स्पष्ट पारेको छ ।

त्यसैगरी बैंकले अटो लोन स्वाप गर्ने योजना पनि सञ्चालन गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको फाइनान्सिङमा खरिद भएको गाडीलाई पुनर्मूल्याङ्कन गरी कर्जा दिने र पुरानो संस्थाको राफसाफ गरी ग्लोबल आईएमई बैंकमा सार्न सकिने व्यवस्था पनि गरेको छ । बैंकले ३ वर्ष भन्दा बढी पुरानो गाडीको हकमा यस्तो सुविधा नभएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?