+
+
Shares

ग्लोबल आईएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युत् आयोजनामा १९ अर्ब ऋण सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निर्माण हुने २५ अर्ब रुपैयाँ लागतको यस आयोजनामा ६ वटा बैंकले ७५ प्रतिशत ऋण लगानी गर्नेछन् ।
  • क्रिष्टल पावर डेभलपमेन्टद्वारा प्रवर्द्धित यो जलविद्युत् आयोजना निर्माण शुरू भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

२१ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको लागि वित्तीय व्यवस्थापन (ऋण) सम्झौता भएको छ ।

यस आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाइमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक सहअगुवाइ तथा कृषि विकास बैंक र नेपाल एसबीआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी हुनेछ ।

उक्त सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेन्टका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य, सहअगुवाइ तथा सहभागी बैंकका प्रतिनिधिहरुले हस्ताक्षर गरे ।

जसमध्ये ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने छन् ।

सम्झौतापश्चात् ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस आयोजना निर्धारित समयसिमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन क्षमतामा वृद्धि हुने र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास रहेको बताए ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निर्माण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।

सम्झौताअनुशार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्ष भित्र निर्माण सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?