+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १८:०७

काठमाडौं । आईएमई पेले दशैंको अवसरमा दशैं झट्का स्किम सार्वजनिक गरेको छ । यो अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

यो योजना अनुसार आईएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यास ब्याकको व्यवस्था रहेको कम्पनीको भनाइ छ । क्यास व्याकको सीमा २ हजारसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैस बिक्रीको समयमा उपलब्ध गराइनेछ ।

आईएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासँगै तीन दिनका लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको भन्दै आईएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

आईएमई डिजिटल सोलुसन लिमिटेडले ल्याएको यो योजनामा आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त हुनेछ भने आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?