+
+

प्रदेश २ मा सवारी दुर्घटनामा परी १० दिनको अवधिमा १४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १८:२६
प्रतीकात्मक तस्वीर

११ असोज, जनकपुरधाम । पछिल्लो १० दिनमा प्रदेश २ मा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । असोज १ गतेदेखि १० गतेसम्म १४५ सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो अवधिमा दुर्घटनामा सबैभन्दा बढी मृत्यु सिरहामा भएको छ । यस अवधिमा सिरहामा ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । यस्तै धनुषामा ३ जना, सर्लाहीमा २ जना तथा सप्तरी, रौतहट र बारामा १/१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

यो अवधिमा १४७ जना दुर्घटनामा परी घाइते भएका छन् । सबैभन्दा बढी रौतहटमा ३६ जना, सप्तरी र धनुषामा ३०/३० जना, सर्लाहीमा १६ जना, सिरहामा १४ जना, बारामा १० र पर्सामा ३ जना घाइते भएका छन् ।

सबैभन्दा बढी दुर्घटना धनुषामा भएको छ । धनुषामा ३४ वटा दुर्घटना हुँदा सप्तरीमा ३२, रौतहटमा २४, सर्लाहीमा २१, बारामा १३, सिरहामा ११, महोत्तरीमा ७ र पर्सामा ३ वटा दुर्घटना भएको छ ।

लागूऔषधसहित १९ जना पक्राउ

१० दिनमा प्रदेशका जिल्लाबाट लागूऔषधसहित १९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्साबाट १० जना, बाराबाट ४ जना, सर्लाहीबाट ३ र सप्तरीबाट २ जनालाई विभिन्न लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै यस अवधिमा १९ जना फरार भएकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिरहा, धनुषा र पर्साबाट ४/४ जना, सप्तरीबाट ३ जना, महोत्तरीबाट २ तथा सर्लाही र रौतहटबाट १/१ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एसपी प्रसाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?