+
+

रामबहादुर श्रेष्ठ स्मृति गोल्डकपमा वीरगञ्जले हिमाल युवा क्लबलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १९:५५

११ असोज, काठमाडौं । समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठ स्मृति गोल्डकपमा वीरगञ्ज युनाइटेडले जित निकालेको छ । सोमबार भएको खेलमा वीरगञ्जले हिमाल युवा क्लब, निजगढलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा वीरगञ्जका कृपाकान्त चौधरीले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको ६३ औं मिनेटमा दोस्रो गोल गर्दै कृपाकान्तले वीरगञ्जलाई २–० को अग्रता दिलाए ।

६५ औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले गोल थप्दै टिमलाई ३–० को स्थितिमा पुर्‍याए । इन्जुरी समयमा हिमाल युवा क्लब निजगढका विमल घिसिङले सान्त्वना गोल फर्काए ।

वीरगञ्जका कृपाकान्त चौधरी म्यान अफ द म्याच घोषित भएका थिए ।

मंगलबार दिउँसो साढे दुई बजे हुने खेलमा वनशक्ति युवा क्लब ठोरी–२  र भक्तपुर एफसी काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?