+
+

जनगणनाका लागि गणकको सर्टलिस्ट सार्वजनिक, १४ असोजबाट खोप लगाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १७:०९

१२ असोज, काठमाडौं । राष्ट्रिय जनगणनामा खटिने गणकको सर्टलिस्टको नतिजा प्रकाशन भएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार कुल आवश्यक पर्ने गणकको तुलनामा ३० प्रतिशत बढीको नाम समेटेर सर्टलिस्ट सार्वजनिक गरिएको हो ।

जनगणनाका लागि देशभर ३९ हजार गणक खटिने छन् । गणकका लागि देशभरबाट १ लाख ५० हजार जनाले आवेदन दिएका थिए । विभागका अनुसार सर्टलिस्ट गर्दा स्थानीय व्यक्तिलाई प्राथमिकता दिइएको छ ।

गणकले आफ्नो नाम परे–नपरेको भने विभागको वेवसाइटमा गई दरखास्त फारममा रहेको मोबाइल नम्बर वा एनपीएचसी नम्बर राखेर हेर्न सक्नेछन् । सर्ट लिस्टमा आवदेकले रोजेको ठाउँको सम्भाव्यता, विगतमा गरेको कामको अनुभव, शैक्षिक योग्यताको श्रेणीलाई समेत आधार मानिएको बताइएको छ । नाम निस्किएका गणकले १४ असोजबाट खोप अभियानमा सहभागी हुनुपर्नेछ । उनीहरुले आफ्नो पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सक्नेछन् ।

गणकको तालिम भने कात्तिक १३ देखि १६ गतेसम्म चल्ने छ । यस्तो तालिम स्थानीय जनगणना कार्यालयमा सञ्चालन हुनेछ । नेपालमा जनगणनाको काम भने २५ कात्तिकबाट ९ मंसिरसम्म गरिनेछ । यसै प्रयोजनमा गणक खटिने छन् । उनीहरुले हरेक घरमा पुगेर करिब ८० वटा प्रश्नको उत्तर भर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?