+
+

विराटनगर ८९ रनमा अलआउट, भैरहवालाई ९० रनको सामान्य लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १६:१४

१३ असोज, काठमाडौं। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो ।

विराटनगरका लागि दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । यस्तै सुमित महर्जनले १३ तथा आसिफ शेख र अनिल शाहले समान ११ रन बनाए । बसन्त रेग्मी १० रनमा अविजित रहे ।

विराटनगरलाई अलआउट गर्न भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । यस्तै अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment