+
+

ईपीएलमा भैरहवासँग विराटनगर पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:३७

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ६ विकेटले पराजित गरेकाे छ ।

विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाको लागि उपुल थरंगाले अविजित रहँदै ३४ रन बनाए । यस्तै प्रदीप ऐरीले २२ रन जोडे ।

कप्तान शरद भेषावकर ६ रनमा अविजित रहे । विराटनगरका रामनरेश गिरीले २ विकेट लिए । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भएको थियो ।

विराटनगरका लागि दिल्सन मुनाविराले सर्वाधिक २५ रन बनाए । यस्तै सुमित महर्जनले १३ तथा आसिफ शेख र अनिल शाहले समान ११ रन  बनाए । बसन्त रेग्मी १० रनमा अविजित रहे ।

विराटनगरलाई अलआउट गर्न भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । यस्तै अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।

जितपछि भैरहवा २ खेलबाट ३ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि विराटनगर अंकविहीन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?