+
+

ईपीएलमा स्थगित भएका खेल फेरि खेलाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते २०:१७

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा (ईपीएल) वर्षाका कारण स्थगित भएका तीन खेल नयाँ मितिमा हुने भएको छ । आयोजक ईपीएल प्रालिले बुधबार नयाँ खेलतालिका प्रकाशित गरी यसअघि स्थगित भएका खेललाई पनि समावेश गरेको छ ।

वर्षाका कारण मैदान भिजेकोले सोमबार तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स तथा भैरहवा ग्लाडिएटर्स र चितवन राइनोज बीद्बको खेल स्थगित भएको थियो ।

यस्तै मंगलबार पनि काठमाडौं र पोखरा राइनोजबीच तय भएको खेल मैदान खेल्न लायक नभएकोले स्थगित भएको थियो ।

अब यो तीनवटै खेल लिग चरणको अन्तिम दुई दिनमा खेलाइनेछ । नयाँ खेलतालिका अनुसार काठमाडौं र विराटनगरबीचको खेल आगामी आइतबार अर्थात असोज १७ गते हुनेछ । यस्तै चितवन र भैरहवा तथा काठमाडौं र पोखराबीचको खेल असोज १८ गते सोमबार हुनेछ ।

लिग चरणको सबै खेल सकिएपछि एक दिन विदा राखिएको छ । त्यसपछि लगातार चार दिन प्लेअफ चरणका खेलहरु हुनेछ । फाइनल खेल असोज २३ गते नै हुनेछ । फाइनल अघि रिजर्भ डे भने राखिएको छैन ।

यसअघि लिग चरणका खेललगत्तै प्लेअफ खेलहरु राखिएको थियो भने फाइनल अघि रिजर्भ डे राखिएको थियो । तर अब नयाँ तालिका आएपछि फाइनलअघि रिजर्भ डे छैन ।

हेर्नुहोस् तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?