+
+

रोेशनसँग चुपचाप प्रेम गर्दै नम्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १७:३३

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको ‘चुपचाप’ बोलको गीतको भिडियो एक कार्यक्रमको आयोजना गर्दै आज सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीतका गीतकार एवं संगीतकार अर्जुन पोखरेल, निर्देशक विधान कार्की र मोडल नम्रता सापकोटाले गीतको भिडियो सार्वजनिक गरे ।

नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा तयार पारेको यो गीतमा रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर छ । गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत भरेका छन् ।

यो गीतको भिडियोमा मोडलद्धय रोशन अधिकारी र नम्रता सापकोेटाले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित नायिका नम्रताले यो गीतको भाव अनुसार आफूले काम गरेको बताइन् ।

निर्देशन विधान कार्कीले भिडियोलाई रोमान्टिक शैलीमा तयार पारेका छन् । उनले, रोशन र नम्रताको केमेष्ट्रीलाई गज्जबले उतारेका छन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोका एसोसियट निर्देशक माधव शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?