+
+

युरोपमा ग्यासको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १९:०५

१५ असोज, काठमाडौं । युरोपमा ग्यागको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केही दिनदेखि वृद्धि भइरहेको मूल्य शुक्रबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

इन्टरकन्टिनेन्टल एक्सचेन्ज (आईसीई) को पछिल्लो विवरण अनुसार मेगावाट प्रति घण्टाको मूल्य झण्डै ११५ डलर पुगेको छ । शुक्रबार कारोबार सुरु हुँदा नेदरल्याण्डमा प्रति क्युबिक मिटर ग्यासको मूल्य ११९९.४४ अमेरिकी डलर पुगेको छ । ग्यासको मूल्यले यसै हप्ताको सुरुमा १ हजारको थ्रेसहोल्ड पारेको गरेको थियो ।

केही समयअघि मात्रै विज्ञहरुले ग्यासको मूल्य कल्पनै गर्न नसकिने बिन्दुमा पुग्न सक्ने चेतावनी दिएका थिए ।

युरोपमा ग्यासको मूल्य आकाशिनु पछाडि विभिन्न कारण रहेका छन् । कोभिड महामारीपछि युरोप र एशियामा ग्यासको माग बढ्दै जानु, युरोपमा हिउँद नजिकिँदै गर्नु र रुसद्वारा निर्मित नर्ड स्ट्रिम २ पाइपलाइन सञ्चालनमा ढिलाइ हुनु जस्ता कारणले ग्यासको मूल्य ह्वात्तै बढेको हो ।

नर्ड स्ट्रिम पाइपलाइनमार्फत् अतिरिक्त ग्यास आपूर्ति हुने भएकाले कतिपयले यसलाई युरोपेली इन्धन बजार स्थिर राख्ने माध्यम ठान्छन् । तर उक्त पाइपलाइनलाई अझैसम्म युरोपेली युनियनले प्रमाणीकरण गरेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?