+
+

पर्सामा प्रहरीले बनायो चाडपर्वलक्षित सुरक्षा योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १५:०६

१६ असोज, वीरगञ्ज । पर्सामा नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाइएको छ । सर्वसाधारण चाडपर्व मनाउन व्यस्त रहेका बेला आपराधिक मनोवृत्तिका मानिस सक्रिय रहने भएकाले विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ ।

चाडबाडको समयमा हुन सक्ने आपराधिक कृयाकलाप रोक्न, अवैध चोरी निकासी लगायतका अपराधिक घटना रोक्ने, धार्मिक सदभाव कायम राख्ने र कुनै पनि साम्प्रदायिक घटना हुन नदिने, दुर्घटना न्युनीकरण गर्ने, जुतावास खेल्न रोक्ने प्रहरीको योजना छ ।

चाडपर्वको समयमा हुने भीडभाडले कोरोना संक्रमण बढ्न सक्ने, झैझगडा वादविवाद हुन सक्ने, सीमा क्षेत्रमा चोरी तस्करी बढ्न सक्ने, सार्वजनिक स्थलमा उच्छृङ्खल क्रियाकलाप हुन सक्ने, कलोबजारी बढ्न सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले हाल सञ्चालनमा रहेको ईनर्वास्थित कोभिड हेल्थ डेस्कलाई निरन्तरता दिने, अवश्यकता अनुसार विस्तार गर्ने, सार्वजनिक स्थलमा मास्क प्रयोग अनिवार्य गर्नेलगायतका योजना बनाएको छ ।

बडादशैँको अवसरमा वीरगञ्जको गहवामाई, माईस्थान, विर्तामाई, राधेमाई, भुटनदेवि, विन्दवासिनी मन्दिरहरुमा भिडभाड हुने गरेको छ । ती ठाउँमा बिहान ४ बजेदेखि नै ४–४ घण्टाको सिफ्टमा सुरक्षा व्यवस्था मिलाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

छठको अवसरमा भीड लाग्ने घडीअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, माइदिया पोखरीलगायतका पोखरी तथा नदी किनारमा पनि आवश्यक सुरक्षा व्यवस्था मिलाउने उनको भनाइ छ ।

पर्व सुरक्षा योजना कार्यन्वनका लागि जिल्लामा ४६ महिला सहित ९ सय ७६ जनशक्ति परिचालन हुने प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

त्यस्तै तालिम प्राप्त कुकुरसहित सीमा नाका र जङ्गल क्षेत्रका शंकास्पद नाकामा चेकिङ गर्ने पनि प्रहरीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?