+
+

जेष्ठ नागरिकलाई एनसेलको निःशुल्क सिम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १२:५८

काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले जेष्ठ नागरिकका  लागि बन्डल अफरहरुसहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको यस योजना अन्तर्गत ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुले एनसेलको  सिम निःशुल्क लिन सक्छन् । साथै रु. ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।

यो योजना अन्तर्गत पहिलो रु. ५० वा सोभन्दा बढीको रिचार्जमा जेष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्ज पछि त्यस सिमबाट जेष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुट अन्तर्गत रु. १ प्रति मिनेटमा भ्वाइस सेवा, रु. १ प्रति एमबीमा डेटा सेवा र रु. १.९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्छन् ।

यसका साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु. ५० देखि रु. ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समय सीमा रहेको २०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । त्यस्तै रु. १०० देखि रु. १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउँछन् । रु. २०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाइने यी डेटाहरु ७ दिनको लागि मान्य रहन्छ ।

जेष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गते सम्म सञ्चालनमा रहनेछ ।

यस योजनाले जेष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट डिजिटल्टी सम्पर्कमा रही रहन पनि सहयोग पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?