+
+

ईपीएलमा विराटनगरको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १३:३०

१७ असोज, काठमाडौं । विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएलमा)मा काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ वीकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो ।

पूरै ८ ओभर खेल्दा काठमाडौंले ३ विक्ट गुमाएर ९७ रनमात्रै बनाएपछि विराटनगर ७ रनले विजयी भएको हो ।

विराटनगरको जितका लागि अनिल शाहले १६ बल खेल्दै सर्वाधिक ४५ रनको योगदान गरे । यस्तै रायन पठानले ३०, कप्तान करण केसीले १५ रनको योगदान गरे । सौरभ खनालले ५, सिकन्दर राज्जाले ४, आशिफ शेखले २ र डिलसशनले एक रन जोडे ।

काठमाडौंका रहमानुल्हा गुर्बाजले सर्वाधिक २८, सुवास खकुरेलले २६, राजु रिजालले २४, रायन बुर्लले १५ रन बनाए भने असन परियन्जनले शून्य रनमै आउट भए ।

बलिङतर्फ विराटनगरका रायन पठानले २ र प्रतिश जिसीले एक विकेट लिए । काठमाडौंका सन्दीप लामिछाने, रायन बुर्ल र गुल्शन झाले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?