+
+

घनश्यामतर्फ संकेत गर्दै ओलीले भने : विरोधीले गालामा थप्पड हानिसक्छ, हामी शास्त्र पल्टाउन थाल्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १६:३६

१८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो सरकार ढाल्न भूमिका खेल्नेहरु पार्टी विरोधी भएको बताएका छन् ।

पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले धेरै अलमल गर्न जरुरी नभएको बताए ।

पार्टी उपमहासचिव घनश्याम भुसालतर्फ संकेत गर्दै उनले अघि भने, ‘कहिले कहिले सिद्धान्त र व्यवहारमा धेरै अलमलिन्छौं । विरोधीले गालामा थप्पड हानिसक्छ, अनि हामी शास्त्र पल्टाउन थाल्छौं । शास्त्रले के भन्छ, यो गालामा थप्पड हान्ने विरोधी हो कि होइन ? यतिसारो शास्त्रवादी हुन जरुरी छैन ।’

उनले अघि भने, ‘जो तपाईसँग लडिरहेको छ, त्यो विरोधी हो । जो तपाईंसँग लडेको छैन, सँगै काम गरेको छ, त्यो मित्र हो । हाम्रो पार्टीका बिग्रिएका मान्छे ती हुन्, जो छोडेर गए । जो यहाँ छन्, त्यो सप्रिएका हुन् भन्ने छर्लङ्गै छ ।’

एमालेको सरकार ढाल्न जजसले भूमिका खेले, जसले एमालेलाई प्रतिपक्षमा पुर्‍यायो, ती सबै एमाले विरोधी भएको अध्यक्ष ओलीको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?