+
+

स्नातक पढ्दै गरेका बिद्यार्थीलाई बीमा सचेतना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १४:२८

१८ असोज, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विभिन्न जिल्लाहरुमा पुगेर विद्यार्थीहरुलाई बीमा सचेतना सम्बन्धी प्रशिक्षण दिन थालेको छ । ‘युवा संग– महालक्ष्मी लाईफ’ भन्ने नाराका साथ बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत कम्पनीले बेलौरीको महाकाली बहुमुखि क्याम्पसमा आइतबार प्रशिक्षण दिएको छ ।

कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईका अनुसार यो अभियान अन्तर्गत कम्तिमा २५ जिल्लामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल, कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा सचेतनाको आवश्यकता पारे धारणा राखेका थिए । क्याम्पस प्रमुख धर्मराज जोशीले यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई बीमा के हो भन्ने बुझ्न सहज भएको बताए ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमा बारेमा प्रशिक्षण दिएका थिए । आइतबार नै कैलालीको टिकापुर स्थित टिकापुर बहुमुखि क्याम्पसमा पनि यो कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीले यस अघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ । भने यसै हप्ता म्याग्दी, वागलुङ र तनहुमा कार्यक्रम गर्ने लक्ष्य राखेको सीईओ भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?