+
+

‘मिस युनिभर्स नेपाल–२०२१’ प्रतियोगिताका लागि आईएमई पे र मिस युनिभर्स नेपालबीच साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १९:०१

काठमाडौं । ‘मिस युनिभर्स नेपाल–२०२१’ प्रतियोगिताका लागि आईएमई पे र मिस युनिभर्स नेपालबीच साझेदारी घोषणा गरिएको छ । जनताको छनोटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रीकरणलाई सक्षम पार्दै आईएमई पे मुनु२१ का लागि डिजिटल भुक्तानी साझेदार बनेको ‘आईएमई पे’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल मुनले सेप्टेम्बर २३ देखि प्रतियोगिता शुरु गरिसकेको छ । यस वर्ष छोटो तर प्रभावकारी ढंगले अक्टुबर ३० मा प्रतियोगितको फाइनल कार्यक्रम हुनेछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुने र प्रतियोगितामा ५० जना प्रतियोगीहरु प्रतिस्पर्धामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

आईएमई पे मिस युनिभर्स नेपाल-२०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ भने सम्पूर्ण भोटिङ गतिविधिहरु आईएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ ।

अघिल्लो वर्ष जस्तै, क्वार्टर फाइनलका लागि जजिङ स्कोर र भोटिङ मिलाएर औसत अंक निर्धारण गरिनेछ । तथापि, प्रतियोगिता अगाडि बढेसँगै मोडालिटी पनि परिवर्तन हुँदै जानेछ । डिजिटल भुक्तानी साझेदार, आईएमई पे अन्तर्गत सञ्चालन हुने मुनु२१ भोटिङको पूर्ण विवरण यस प्रकार छन् :

● टप ५०, क्वार्टरफाइनल

● सबै प्रतियोगीहरुको टास्क १ (स्विमसूट राउन्ड) र टास्क २ (जजसँग अन्तरवार्ता) का आधारमा समिक्षा गरिनेछ ।

● जजबाट प्राप्त अंकको भार ५० प्रतिशत रहनेछ, जसलाई आईएमई पेमा प्राप्त कुल मतसँग मिलाएर औसत अंकको निर्धारण हुनेछ ।

● सेमिफाइनल र फाइनल

● सेमिफाइनलिस्टको घोषणा पछि फाइनलका लागि भोटिङ शुरु हुनेछ ।

● भोटिङ ग्रान्ड फाइनल सम्म जारी रहनेछ । आईएमई पेमा सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमिफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल-२०२१ को शीर्ष १० मध्ये एक स्थान जनताको छनौटको रूपमा सुरक्षित रहनेछ ।

● प्रेस प्रस्तुति पश्चात, २१ अक्टुबरमा, ‘सोसल इम्प्याक्ट लिडर ’ को लागि भोटिङको घोषणा गरिनेछ । जुन पछिल्लो वर्ष ब्रेभ बोल्ड एण्ड ब्युटिफुल सोसल एड्भोकेसीको रूपमा सुपरिचित थियो ।

आइएमई पेमा आफ्नो सामाजिक अभियानका लागि सबैभन्दा धेरै मत प्राप्त गर्ने सेमिफाइनलिस्टका लागि मिस युनिभर्स नेपाल-२०२१ को शीर्ष १० मध्ये एक स्थान प्रभावकारी सामाजिक अगुवाको रूपमा सुरक्षित रहनेछ । आईएमई पे मार्फत आफ्नो मनपर्ने प्रतियोगीलाई प्रतियोगितामा अगाडि बढाउनका लागि गरिने पहिलो भोट निःशुल्क हुनेछ ।

अक्टोबर ३० मा हुने फिनालेका विजेतालाई मिस युनिभर्स नेपाल-२०२० की अंशिका शर्माले ताज पहिराउने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?