+
+

जुम्लामा भेडागोठमा आगलागी हुँदा २५ पाठा जले

रासस रासस
२०७८ असोज १९ गते १३:२८
प्रतीकात्मक तस्वीर

१९ असोज, खलंगा । जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडागोठमा आगलागी हुँदा २५ भेडाका पाठा जलेर मरेका छन् । सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा जलेर मरेको स्थानीयवासी वीरबहादुर शाहीले जानकारी दिए ।

आगलागीबाट लत्ताकपडा र भाँडकुँडा पनि जलेर नष्ट भएको उनले बताए ।

चार हजार मिटर उचाइमा रहेको उक्त गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष  माग समेत गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?