+
+

पशुपतिमा पुजा गरेपछि अनुपमले भने–‘मलाई यहाँ आउँदा शान्ती मिल्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १४:०७

चलचित्र ‘उचाई’को छायांकनका लागि नेपाल आएका बलिउडका सफल कलाकार अनुपम खेरले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् । पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्–‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ पहिले यस्ता मन्दिरहरुको स्थापना भएको छ । यो देखेर आनन्द महशुश हुन्छ ।’

यो चलचित्रको छायांकनका लागि अनुपमको साथमा बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकार नेपाल आएका छन् । ४० दिनको सेड्यूल लिएर यो चलचित्रको टिम नेपाल आएको हो । अनुपमले विश्वभरका लाखौं भक्तहरु पशुपतिनाथमा पुजा गर्न आउने बताए । आफूले सबै मानिसको स्वस्थ जीवनका लागि पशुपतिनाथमा पुजा गरेको भिडियोमा उल्लेख गरेका छन् ।

उनले भने–‘मैले सबैको तर्फबाट पुजा गरेको छु । मलाई निक्कै नै खुशी लागेको छ ।’ सुरज बडजात्याको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका छ । तर, नेपालको चिसो स्थानमा यो चलचित्रको छायांकन हुने भएकाले अमिताभ भने नेपाल आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?