+
+

फिल्म छायांकनका लागि बलिउडकर्मी काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते ११:४२

कोभिड यता नेपालमा फिल्मी गतिविधि सुस्ताएको छ । सिनेमा हल ठप्प छन् । सिनेमा छायांकन, प्रदर्शनको काम प्रभावित भएका छन् ।

यही पृष्टभूमीमा बलिउडको फिल्म नेपालमा छायांकन हुँदैछ । फिल्म ‘उँचाई’का लागि बलिउडकर्मीहरु काठमाडौं आएका छन् । अभिनेत्री परिणीति चोपडा, अभिनेता अनुपम खेर र बोमन इरानी काठमाडौं आएका हुन् । अनुपम खेरले बिहान पशुपतिनाथ दर्शन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

यो फिल्मलाई बलिउडका दिग्गज निर्देशक सूरज बडजात्याले निर्देशन गर्दैछन् । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘विवाह’, ‘प्रेम रतन धन पायो’, ‘हम साथ साथ है’ जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका सूरज बडजात्याको यो सातौ फिल्म हो ।

फिल्ममा डेनी डेन्जोपा, नीना गुप्ता पनि प्रमूख भूमिकामा रहने बताइएको छ । नेपालबाटै फिल्म ‘उंचाई’को छायांकन सुरु हुने मेलोमेसो मिलाइएको छ । फिल्म छायांकनको सेड्युल ४० दिनको छ । सन् २०२२ मार्चसम्म फिल्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

यो फिल्म चार मित्रको जिन्दगीको कथा हो । यी चार मित्रहरुको उमेर भने ६० बर्ष बढी हुन्छ । यी चार मित्रहरुको भूमिकामा अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डेन्जोपा रहनेछन् ।

फिल्ममा यी चार पात्र बाहेक तीन महिलाको पनि रोचक भूमिका छ । यसमा नीना गुप्ता, सारिका र परिणीति चोपडा रहनेछन् । उनीहरुको कस्तो भूमिका छ भन्ने कुरा भने खुलाइएको छैन । परिणीतिको भूमिका भने मूख्य रहने बताइन्छ ।

फिल्म ‘उंmचाई’ अनुपम खेरको ५ सय २० औं फिल्म हो । यस फिल्ममा जोडिएपछि अनुपम खेरले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘मित्र, मेरो ५२० औं फिल्म ‘ऊंचाई’को यात्रा सुरु भयो । सिनेमाका दिग्गज सूरज बडजात्यासँग काम गर्न पाएको छु, र राजश्रीम फिल्मको एक आर्शिवाद मिलेको छ ।’

यो फिल्म राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो । लामो विश्रमपछि राजश्री प्रोडक्सनले ‘ऊंचाई’ निर्माणको तारतम्या मिलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?