+
+

नेक्सन डिजेल बीएस–६ नयाँ अवतारमा, के छन् विशेषता ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १८:५८

काठमाडौं । टाटा मोटर्सले टाटा नेक्सनको डिजेल बीएस–६ को नयाँ अवतार सार्वजनिक गरेको छ । टाटा नेक्सन बीएस-६ नयाँ अवतारमा आउनु नै कारका सौखिनलाई खुसीको खबर भएको कम्पनीले बताएको छ । ग्राहकका लागि आधुनिक चाहना र रोजाइलाई निकै नजिकबाट बुझेका कारण नेक्सन डिजेल बीएस–६ को नयाँ अवतार सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

टाटा नेक्सनको बीएस-६ को अगाडिको आफ्नो आकार पूरै बदलेर स्लिम बनाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘टाटाको २.० इम्प्याट डिजाइनलाई ग्रहण गरेको एसयुभी हेर्दै बबाल देखिन्छ । फ्रन्ट ग्रिल, रिडिजाइन बम्पर, व्हील र एलएडी जडानले कारलाई डाइनामिक लुक्स दिएको छ । कारको बीचमा नेक्सन ब्याजको डिजाइनले दर्शकको आँखा तानिरहन्छ । कारको भित्री स्वरूपमा डुअल टोन ब्ल्याक र सिल्भर रङलाई छोडी नयाँ रङले सजाइएको छ ।’

कम्पनीका अनुसार फ्ल्याट बटम स्टेरिड आकर्षक छ । कारभित्र केही परिवर्तन मात्रै गरे पनि ड्यासबोर्डलाई भने पूरै परिमार्जन गरी युजर फ्रेन्ड्ली र साह्रै आकर्षक बनाइएको छ । चालक र कारभित्र बस्नेलाई कम्फर्ट दिने क्याबिन, इलेक्ट्रोनिक सनप्रुफ, चालकलाई कम्फर्ट दिने नयाँ क्रुज कन्ट्रोल फिचर र एकदमै गर्मीमा ठन्डा–ठन्डा कुल–कुल राख्ने एक्सप्रेस कुल फिचर कारका केही नयाँ थपिएका कम्फर्ट हुन् ।

कम्पनीका अनुसार टाटाले पेट्रोल इञ्जिनलाई रिभ्याम्प (सुधार) गरेको छ । कारमा १.२ लिटर रिभोटोन टर्बो पेट्रोल युनिट र १.५ लिटरको रिभोटोर्क डिजेल युनिट छ, जसले १२० पीएसको गति दिन्छ । दुवै इञ्जिनलाई ६ स्पिड एमटी र ६ स्पिड एएमटीसँग जोडिएको छ । यसमा इञ्जिनको राम्रो विशेषता भनेको इको, सिटी र स्पोर्ट्स तीनै क्षेत्रमा चाहेअनुरुप गुड्न सक्ने क्षमता रहेको कम्पनीले बताएको छ ।

ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाउन सफल नेक्सन सुरक्षाका कोणबाट निकै भरपर्दो रहेको कम्पनीको दावी छ । यस कारको मूल्य नेपाली बजारमा ४९ लाख ९९ हजारमा पर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?