+
+

आर्यन खानलाई ऋतिकको पत्र–‘धैर्य गर, यो अध्यारोपछि तिमी चम्किनेछौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १३:२२

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मुम्बइको क्रुज पार्टीमा एनसीबीले छापा मार्दा शनिबार पक्राउ परेका थिए । उनी, अहिले पनि एनसीबीको हिरासतमा छन् । उनलाई एनसीबीले आज अदालतमा पेश गर्दैछ । आर्यनका वकिलले आज उनको जमानतका लागि अदालतसमक्ष अपिल गर्नेछन् ।

आर्यन पक्राउ परेपछि उनको समर्थनमा साहरुखका फ्यानदेखि बलिउडकर्मी अगाडि आएका छन् । फ्यानहरुले आर्यनको समर्थनमा सामाजिक संजालमा मात्र नभएर सडकमा समेत आफ्नो उपस्थिती जनाइरहँदा बलिउडकर्मीले पनि आफ्नो भनाई कमै मात्र राखेको देखिन्छ ।

यसैविच, बलिउड नायक ऋतिक रोशनले आर्यनलाई सामाजिक संजालबाट एक पत्र लेख्दै जीवन एउटा अनौठो यात्रा भएको उल्लेख गरेका छन् । ऋतिकले लेखेका छन्–‘प्रिय आर्यन, जीवन एउटा अनौठो यात्रा हो । यो महान् छ किनकी यो अनिश्चित छ । यो ठूलो यसकारण छ कि, यसले तिमीलाई कहिलेकाही घुमाउरो बल फ्याक्ने गर्दछ तर भगवान दयालु छन् । उनले सबैभन्दा कठिन व्यक्तिहरुलाई खेल्नका लागि कठिन बल दिने गर्दछन् । यो कठिन खेल खेल्नका लागि भगवान्ले तिमीलाई रोज्नुको कारण यसको दबाब महशुश गर्न तिमी सक्षम छौं भन्ने हो ।’

ऋतिकले अब यो कुरा महशुश गर्न आर्यन सक्षम भएको पनि उल्लेख गरेका छन् । ऋतिक अगाडि लेख्छन्–‘क्रोध, भ्रम, असाहयता लगायतका कुराहरुले तिमी भित्र रहेको हिरोलाई बाहिर ल्याउन मद्दत गर्छन् । तर, होसियार रहनुपर्छ । किनकी, ती कुराहरुले तिमी भित्रको राम्रो कुरालाई पनि जलाउन सक्छन् । कुन कुरालाई आफू भित्र राख्ने र कुन कुरालाई बाहिर फाल्ने भन्ने कुराको अनुभव तिमी आफैले गर्न जरुरी छ ।’

ऋतिकले गल्ती, असफलता, विजय, सफलता लगायतका कुराले अगाडि बढाउन मद्दत गर्ने ऋतिकको भनाई छ ।

ऋतिकले आर्यनलाई संझाउँदै लेखेका छन्–‘म तिमीलाई एक बच्चाको रुपमा चिन्छु र एक मानिसको रुपमा जान्दछु । आज तिमीले जे कुरा पनि अनुभव गर्छौ, त्यसको मालिक तिमी नै हौं । समयले तिमीलाई हरेक विन्दुसँग जोड्ने काम गर्दछु । मलाई विश्वास गर, तिमीले यी कुराहरु विस्तारै संझनेछौं । यो समय तिम्रो लागि एउटा निर्माता हो । अब, यो समय तिमीसँगै एउटा उज्यालो घाम जसरी चम्किदैछ । तर, यसका लागि तिमीलाई अध्यारोसँग गुज्रिनुपर्नेछ । तर पनि शान्त रहुन । किनकी, उज्यालोमाथि भरोसा गर । यो तिमी भित्रै हुनेछ । म तिमीलाई धेरै प्रेम गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?