+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विवेकशील साझामा विवाद समाधानका लागि पाण्डेले सुझाए तीन विकल्प

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १४:४९

२१ असोज, काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीभित्र देखा परेको विवाद समाधानका लागि तीन विकल्प सुझाएका छन् । केन्द्रीय सदस्यहरुलाई एक दस्तावेज इमेल गर्दै उनले पार्टीलाई एकढिक्का बनाउन तीन बुँदे प्रस्ताव अघि सारेका हुन् ।

पहिलो बुँदामा ‘दुवै दस्तावेजलाई थाँती राखेर सम्झौता पत्र अनुसार अघि बढ्न’ भनिएको छ । ‘मिलन पाण्डे वा रवीन्द्र मिश्रले बोलिसकेको भनेर इगो लिएर बसिराखे त्यो सबैभन्दा अराजनीतिक काम हुने’ पनि भनिएको छ ।

दोस्रो विकल्पमा विवाद समाधानका लागि कार्यदल बनाउन सुझाव दिइएको छ । ‘पार्टीमा अध्यक्ष र संयोजकबाहेक १२८ जना केन्द्रीय सदस्य पनि हुनुहुन्छ, साथीहरुले हामीले हेरिरहेको ठाउँभन्दा भिन्न कोणबाट समाधान निकाल्न निकाल्न सक्नुहुन्छ, त्यसैले कार्यदल बनाऔं’ पाण्डेले भनेका छन् । कार्यदललाई ७ दिनको समय दिएर साझा एजेण्डा तय गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

पाण्डेले अध्यक्ष र संयोजक दुवैले राजीनामा दिएर केन्द्रीय कमिटीभित्रबाटै तेस्रो व्यक्तिको नेतृत्वमा महाधिवेशनमा जान सकिने विकल्प पनि सुझाएका छन् । त्यतिबेला आ–आफ्नो दस्तावेज लिएर सदस्यमाझ जान सकिने भनेका छन् ।

पाण्डेले विधान र नीति सम्मेलन तथा प्रदेश र केन्द्रको महाधिवेशन छुट्टाछुट्टै गर्न सुझाएका छन् । उनले मंसिर १७, १८ र १९ गते काठमाडौंमा नीति सम्मेलन र प्रदेश तथा केन्द्रीय महाधिवेशन २४ पुसमा गर्न भनेका छन् ।

यी तीन प्रस्ताव आफूले अध्यक्ष मिश्रलाई पनि राखेको पाण्डेले उल्लेख गरेका छन् । ‘उहाँले अन्य ग्रुपसँग एकीकरणका लागि छलफल गर्दै गरेको कुरा गर्दै एक हप्ताको समय लिनुभएको पनि एक हप्ता भएको छ’ पाण्डेले लेखेका छन्, ‘अब निकास खोजौं, कृपया भएको पार्टी नबिगारौं ।’ उनले दिइएको विकल्पमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउन पनि आग्रह गरेका छन् ।

संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको माग गर्दै अध्यक्ष रवीन्द्र मिश्रले दस्तावेज सार्वजनिक गरेपछि पार्टी दुई लाइनमा विभाजित छ । मिश्रको काउन्टरमा संयोजक पाण्डेले अर्को दस्तावेज अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?