
२१ असोज, काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले जेटस्ट्रिम जहाजमार्फत भैरहवामा पहिलो पटक आफ्नो नियमित उडान शुरु गरेको छ । काठमाडौं-भैरहवा उडान शुरु गरेको यो जहाजको सिट क्षमता ३० सिट रहेको कम्पनीले जनाएको छ । गुण एयरलाइन्सले बिच एअरक्राफ्ट १९०० मार्फत भरतपुर, पोखरा र तुम्लिङटारमा असोज १ गतेदेखि नै आफ्नो नियमित उडान शुरु गरिसकेको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार यसैसाता देखि नै अन्य गन्तव्य सिमरा, जनकपुर, नेपालगञ्ज, सुर्खेत र विराटनगर उडान भर्ने गरी तयारी थालिएको छ । गुणसँग दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती ५ वटा जेटस्ट्रिमसहित कुल सात वटा विमानमार्फत उडान विस्तारको योजना बढाएको उनले बताए ।
दशैं पर्वलाई लक्षित गर्दै यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाई सेवा दिन कम्पनीले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4