News Summary
Generated by OK AI. Editorially reviewed.- सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा चिउरीको रुखबाट लडेर ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको छ।
- शुक्रबार दिउँसो घाँस काट्न रुखमा चढेका लिम्बु लडेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
- प्रहरी निरीक्षक सुन्दर कुमार यादवको टोली घटनास्थल पुगेको छ र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा लगिएको छ।
२७ कात्तिक, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले बताए ।
शुक्रबार दिउँसो घाँस काट्न चिउरीको रुखमा चढेका लिम्बुको लडेर घटनास्थलमै मृत्यु भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
घटना लगत्तै प्रहरी निरीक्षक सुन्दर कुमार यादव सहितको टोली घटना स्थल पुगेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4