+
+

प्रधानमन्त्रीपछिको वरीयतामा गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १५:५५

२३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् ।

सरकारका उपप्रधानमन्त्री छैनन् । त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गर्ने पम्फा भुसाल चौथो वरियतामा छिन् । तेस्रो वरियतामा कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की छन् ।

जनता समाजवादी पार्टीबाट सरकारमा नेतृत्व गर्ने राजेन्द्रप्रसाद श्रेष्ठ पाँचौं वरियतामा छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट सरकारमा नेतृत्व गर्ने विरोध खतिवडा छैठौं वरियतामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?