+
+

भारत बलियाे टिम हाे, तर हामी डराउँदैनाै : मुख्य प्रशिक्षक अलमुताइरी

भोलि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १७:१७

२३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ ।

शनिबार भएकाे प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियाे टिम भएकाे र खेल कठिन हुने बताए । ‘भारत बलियाे टिम हाे तर यसकाे अर्थ हामी फाइट गर्दैनाैं भन्ने हाेइन । भारतलाई हामी सम्मान गर्छाै। हामी भारतविरुद्ध फाइट पनि गर्छाैँ’ उनले भने ।

नेपाल भारतबीचकाे खेल मालेस्थित नेशनल रंगशालामा नेपाली समय अनुसार खेल राति ९:४५ बजे सुरु हुनेछ । भारतले सर्वाधिक ७ पटक साफकाे उपाधि जितिसकेको छ ।

तर ५ राष्ट्र सहभागी यस संस्करणकाे साफमा भने भारत सुरुवाती दुवै खेलमा बराबरीमा राेकिएकाे थियाे ।

नेपालले भने दुव‌ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । भारतविरुद्ध जीत निकाल्न सकेमा नेपाल एक खेलअघि नै फाइनल पुग्नेछ ।

यस्तै अलमुताइरीले नेपाल अहिले नै फाइनल नपुगेकाे भन्दै समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् ।

नेपालका कप्तान किरण कुमार चेम्जाेङले भारत विरुद्धकाे खेल महत्वपूर्ण रहेकाे भन्दै हरेक पाइला साेच विचार गरेर चाल्नुपर्ने बताए ।

यस्तै भारतका प्रशिक्षक इगाेर स्टिमेकले भारतकाे लक्ष्य साफ जित्नु नै रहेकाेले मानसिकतामा परिवर्तन नभएको बताए । साथै उनले नेपालले राम्राे खेलिरहेकाे भन्दै ६ अंकका लागि लायक रहेकाे समेत बताए ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १-१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित दाेस्राे स्थानमा छ । भारत २ खेलबाट २ अंकसहित चाैथो स्थानमा छ ।

आइतबारै घरेलु टाेली माल्दिभ्सले श्रीलंकासंग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?