+
+

मलिकाले साइन गरिन् ‘सत्यम्’, पलसँग जोडी बाँधिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १२:१४

नायिका मलिका महत्तले चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । नायक राजेश हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा मलिकाको जोडी भने नायक पल शाहसँग बाँधिनेछ । पल र मलिकाको जोडीले म्युजिक भिडियोमा समेत चर्चा पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा हेर्न चाहेका थिए ।

चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा पाइला राखेकी मलिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी छिन् । चलचित्रको कथावस्तु र आफ्नो भूमिका मन परेपछि काम गर्न राजी भएको मलिका बताउँछिन् ।

मलिकाले राजेश हमाल र पल शाहसँग पहिलो पटक ठूलो पर्दामा काम गर्न पाउँदा खुशी लागेको बताइन् । शंकर कार्कीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा अनुप विक्रम शाही, अभय बराल र कृष्ण जोशीको पनि अभिनय हेर्न सकिनेछ । यो चलचित्रमा हमालको चार वटा लुक्स हेर्न पाइने निर्माणपक्षले बताएको छ । नवयुग सिनेमाको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा लेखन तथा निर्माण रेशम सापकोटाको रहनेछ ।

चलचित्रमा योगेशकाजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत, विदुर पाण्डेको छायांकन रहनेछ । अष्टमान महर्जनको एक्सन रहने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । आउँदो तिहारपछि मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा यो चलचित्र खिचिनेछ । यो चलचित्रमा दक्षिण भारतीय चलचित्रहरुमा आशालाग्दो संभावना देखाएका कलाकार मिलन सिजापति खलपात्रको भूमिकामा देखिदैछ ।

यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविण चापागाँई, अन्विशा खड्की लगायतका कलाकारहरुले डेब्यू गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?