+
+

अमेरिकी सेना फिर्ता गएपछि पहिलोपटक अमेरिका-तालिबानबीच प्रत्यक्ष वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १३:००

२४ असोज, काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि पहिलोपटक अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ता भएको छ । गत अगष्टमा तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो ।

त्यसको केही समयपछि तालिबानले आफ्नो सरकार घोषणा गरेको थियो । त्यसपछि पहिलोपटक कतारको राजधानी दोहामा तालिबान र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका उपनिर्देशकको अध्यक्षमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले दोहामा तालिबानका अधिकारीहरुसँग वार्ता गरेको हो । वार्ताको क्रममा विदेशी नागरिकलाई सुरक्षित घर फर्काउने, तालिबानको सरकार समावेशी बनाउने र महिला अधिकारको सम्मान गर्ने लगायतका मुद्दामा चर्चा भएको थियो । यो वार्ता आइतबार पनि जारी रहनेछ ।

अमेरिकी अधिकारीहरुले यो वार्ता तालिबानलाई मान्यता दिने विषयमा नभएको बताएका छन् । तालिबानले भने तालिबानको सरकारलाई अस्थिर बनाउने प्रयास नगर्न आग्रह गरेको थियो । बैठकको क्रममा अमेरिकी अधिकारीले तालिबानसँग आतंकवादी समूहलाई रोक्ने, अमेरिकी नागरिकको उद्धार र मानवीय सहायताजस्ता विषयमा पनि चर्चा गरेका थिए । अमेरिकी अधिकारीले कोरोना भाइरसविरुद्धको  खोप अभियानमा सहयोग गर्ने बताएका थिए ।

तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुत्तकीले अमेरिकासँगको सम्बन्ध राम्रो रहने बताएका थिए । उनले तालिबानले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न चाहेको तर कुनै पनि मुलुकले आन्तरिक मामिलामा हस्तक्षेप गर्न भने नपाउने बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?