+
+

जसपाका प्रदेश-२ का मुख्यसचिव झाले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १३:३०

२४ असोज, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले राजिनामा दिएका छन् ।

झाले मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजिनामा दिएको बताएका छन् ।

‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको छु’ झाले बताएका छन् ।

जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताए । ‘म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋृणी रहिरहनेछु’ उनले भनेका छन् ।

झाले आफू बाँचुजेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने समेत बताएका छन् ।

प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजिनामा दिएका हुन् । अध्यक्ष यादवले तत्कालिन राजपाबाट जसपामा आएकालाई समेत समायोजन गरी प्रदेश समिति आजै घोषणा गर्ने कार्यक्रम रहेको छ ।

पत्रकारिता पृष्ठभूमीका झा नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका थिए । कांग्रेसका सप्तरी कोषाध्यक्ष रहेको समयमा उनी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?