+
+

भ्रष्टाचारमा मुछिएका अष्ट्रियाका चान्सलरले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १४:१७

२४ असोज, काठमाडौं । अष्ट्रियाका भ्रष्टाचारमा मुछिएका चान्सलर सेबस्टियन कुर्जले राजीनामा दिएका छन् ।

भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको कुर्जले बताएका छन् । उनले आफ्नो स्थानमा विदेशमन्त्री एलेक्जेन्डर स्कालेन्वर्गलाई कार्यभार सुम्पिन प्रस्ताव गरेका छन् ।

कुर्जको ओभीपी पिपुल्स पार्टीसँग जोडिएको भ्रष्टाचारको मुद्दामा छापा मार्ने क्रममा कुर्ज र अन्य नौ जना अधिकारीहरु अहिले अनुसन्धानको क्रममा छन् । कुर्जले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् । कुर्जले सरकारको राम्रो समाचार मात्र बनाउन एक ट्याबलेट पत्रिकालाई प्रयोग गरेको आरोप छ ।

कुर्जको पार्टीसँग गठबन्धन गरेको ग्रिन पार्टीले कुर्ज चान्सलर पदको लागि उपयुक्त नरहेको बताएको छ । उसले आगामी साता चान्सलरविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चेतावनी पनि दिएको थियो ।

उसले विपक्षी पार्टीसँग नयाँ सरकारको विषयमा पनि वार्ता सुरु गरेको थियो । तर, कुर्जले राजीनामा दिएसँगै ग्रिन पार्टीले विदेशमन्त्रीसँग सहकार्य गरेर अघि बढ्न सकिने बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?