निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चिसो मान्छे’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र वि.सं २०७९ को वैशाख ३० गते रिलिज गरिने निर्माणपक्षले बताएको छ ।
शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रमा नायिका स्वस्तिमा खड्का र नायक अर्पण थापा मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकन काठमाडौंदेखि जुम्लासम्म गरिएको छ । चलचित्रका लागि नायिका स्वस्तिमा खड्काले स्थानिय भाषासमेत सिकेकी थिइन् ।
चलचित्रले वैदेशिक रोजगारमा जाने श्रीमान् र एक श्रीमतीको कथा भनेको छ । चलचित्र ‘चिसो मान्छे’लाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराखेको दीपेन्द्रले बताए ।
यसअगाडि ‘पशुपतिप्रसाद र आमा’ जस्ता चलचित्र बनाएका दीपेन्द्रले दर्शकको आशालाई नमार्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4