
बलिउडका चर्चित पाश्र्व गायक मिका सिंहले स्वर भरेको नेपाली गीत ‘बोत्तलको बिर्को’ सार्वजनिक भएको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।
यो गीतको भिडियोमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा संग्रौलाको अभिनय छ । भिडियोलाई आकर्षक बनाउन निर्माताले राम्रै लगानी गरेको देख्न सकिन्छ ।
विभोर पोखरेल र दिलिप समनको निर्देशनमा तयार भएको भिडियोमा रोशन पराजुलीको लगानी छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4