+
+

चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते ७:१८

३० असोज, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचालेको हो ।

यससँगै चेन्नाइले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भयो । पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई इण्डियन्ससँग छ ।

शुक्रबार भएको फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य थियो । तर उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसीको ८६ रन योगदानमा केबल ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?