News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले बेल्ट एण्ड रोड सिरिज खेल्ने नेपाली राष्ट्रिय यू-१९ महिला टिमलाई सोमबार बिदाइ गरेको छ ।
- आईसीसी महिला यू-१९ विश्वकपको तयारीमा रहेको नेपाली टोलीले नोभेम्वर ३ देखि ८ सम्म चीनमा सिरिज खेल्नेछ।
- सो प्रतियोगितामा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं । चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली राष्ट्रिय यू-१९ महिला टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम गर्दै सोनी पाख्रिनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाइ गरेको हो ।
सोनी पाख्रिनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा छन् ।
आईसीसी महिला यु–१९ विश्वकपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले चीनमा सिरिज खेल्न लागेको हो ।
यही नोभेम्वर ३ देखि ८ सम्म सञ्चालन हुने बेल्ट एण्ड रोड सिरिजमा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । चीनमा सिरिज खेलपछि नेपाली यु–१९ महिला टोलीले भारतमा गएर अर्को सिरिज खेल्नेछ ।
आईसीसी यू-१९ महिला विश्वकप २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ (माघ ७ देखि २३ गते) सम्म नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछ ।
तस्बीर: क्यान
प्रतिक्रिया 4