+
+

मोहन वैद्य अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १६:५१

३१ असोज, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिंदै अनलाइनखबरसँग भने, ‘एक/दुई दिन अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment