+
+

महाकालीको बाढीले खतराको सतह नाघ्यो, शारदा ब्यारेजमा आवागमन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते ७:३७

२ कात्तिक, धनगढी । आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए ।

मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ ह्जार क्युसेक पुगेको डीएसपी न्यौपानेले अनलाइनखबरलाई बताए ।

नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै डीएसपी न्यौपानेले तथ्यांक संकलन तथा उद्दारको काम भइरहेको जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?