+
+

चोरीको मोटरसाइकलसहित बीरगञ्‍जबाट दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १९:०६

१ कार्तिक, पर्सा । प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-३ का २३ वर्षीय मोहम्द आशिक र २३ वर्षीय आनिष हवारी रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-१५ का रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएकोमा सूचनाको आधारमा अनुन्धानको क्रममा प्रहरी टोलीले उनीहरुलाई बीरगञ्‍ज बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरुले मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली चलाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?