+
+

रुविनाको ‘ब्याड लक’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १२:३३

नेपाली चलचित्रमा स्थापित हुने कोशिशमा छिन् नायिका रुविना थापा । पहिलो चलचित्र ‘लभ डायरीज’मा काम गरेपछि उनी यो क्षेत्रमा स्थापित हुने सोचमा थिइन् । चलचित्र रिलिजको समयमा विभिन्न वाधा आइपर्यो । जसलेगर्दा, चलचित्रको प्रदर्शन मिति पनि बारम्बार पछि सर्यो । तर, रिलिजको बेलामा दर्शकले चलचित्र हेर्न खासै रुची देखाएनन् । रुबिनाको कामको प्रशंसा नै भएपनि दर्शकले नै नहेरेपछि के काम ?

रुविनालाई दोश्रो चलचित्रको लागि केही बर्ष पर्खिनुपर्यो । नायक सलोन बस्नेतसँग मित्रता बढेपछि उनले निर्देशक शोभित बस्नेतको ३१ औं चलचित्र ‘डाँडाको वरी पीपल’मा अवसर पाइन् ।

तर, चलचित्र रिलिजको समयमा ‘महानायक’ विवाद चर्किएपछि रुविना ओझेलमा परिन् । चलचित्र हेर्दा पनि, रुविनाको भूमिकाले दर्शकलाई खासै प्रभावित गर्दैन ।

चलचित्रको रिलिजको समयमा देखिएको विवादले रुविना खुशी थिइनन् । उनले, दिने गरेको अन्तरवार्ता र अभिव्यक्तिले पनि यो कुरा वुझ्न सकिन्थ्यो । तर, बक्स अफिसमा पनि चलचित्र असफल भएपछि भने उनको आशा निराशामा बदलिएको छ ।

यो चलचित्रले केही मात्रामा भएपनि दर्शक तानेको भए उनको आगामी बाटो सहज हुने थियो । तर, दोश्रो चलचित्र पनि असफल हुँदा रुविनालाई तेश्रो चलचित्रको लागि फेरि प्रतिक्षा गर्नुपर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?