+
+

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफामा झिनो गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १३:२२

४ कात्तिक, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बिहीबार प्रकाशित वित्तीय विवरणअनुसार लघुवित्तको खुद नाफामा ०.२३ प्रतिशतको गिरावट देखिएको छ ।

चालु आवार्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २८०.४५ प्रतिशत बढेको छ । लघुवित्तले सम्भावित जोखिमबापत १ करोड ५२ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २२.६१ प्रतिशत बढेको छ । लघुवित्तको सापटी र कर्जा प्रतिशतमा पनि उल्लेख्य वृद्धि देखिन्छ । सापटी ६२.५३ प्रतिशत र कर्जा ५४.८२ प्रतिशतले बढेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको वित्तीय विवरणमा देखिन्छ ।

गतवर्ष भन्दा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर १२ रुपैयाँ ३० पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७३.६ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?