+
+

मेरा पिकमा फसेका ५ जनालाई उद्धार गरी काठमाडौं ल्याइयो, अझै एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १७:५८
फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । मेरा पिक आरोहणका क्रममा फसेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ५ जनालाई सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाका अनुसार मेरापिक (६४७० मि) आरोहण पूरा गरि फर्कने क्रममा फसेकामध्ये ४ जना विदेशी आरोही र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौं ल्याइएको हो । उनीहरुको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार जारी रहेको छ ।

पिक आरोहण गरी फर्कँदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका गोर्खा इभेन्ट्स अर्गनाइजरका सदस्यको खोजीमा उद्धार टोली खटिएको थियो । टोलीले पैदल रुपमा लुक्लामा सुरक्षित रुपमा ल्याएपछि उनीहरुलाई हवाई उद्धार गरी काठमाडौं ल्याइएको हो । तर, सोही टोलीमा रहेका छेतेन शेर्पा भने पछिल्लो तीन दिन यता बेपत्ता छन् । उनको खोजी कार्य अहिले पनि जारी रहेको लामाले जानकारी दिए । नुरु शेर्पा र कामी शेर्पासहतिको अनुभवी टीमले उनको खोजी जारी राखेको संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?