+
+

‘मिस यूनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीको भीडन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १२:२१

यो बर्षको ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबिच भिडन्त हुने भएको छ । आयोजक उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै १६ प्रतिस्पर्धी सार्वजनिक गरेको हो ।

कार्यक्रममा १६ जना प्रतिस्पर्धीले रेड कार्पेटमा र्याम्प वाक गर्दै मिडिया तथा दर्शकमाझ आफ्नो परिचय र भविष्यको योजना बताएका थिए । प्रतियोगीतामा १६ बाट शिर्ष १० जना छानिनेछन् । छनोटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आइएमई एपमा प्रतियोगीतलाई प्राप्त भोटिङ हुनेछ ।

प्रतियोगीताको फाइनल अक्टुबर ३० अर्थात कार्तिक १३ गते आयोजना हुनेछ । प्रतियोगीताको शिर्ष बिजेताले डिसेम्बर १२ मा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । गतबर्षदेखि उमङ्ग क्रियशनले ‘मिस युनिभर्स’मा प्रतिनिधी पठाउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?