+
+
Shares

बाढीले बाजुराको जगन्नाथ गाउँपालिका कार्यालय क्षतिग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १५:३५

५ कात्तिक, डोटी । लगातारको वर्षाका कारण आएको बाढीले बाजुराको जगन्नाथ गाउँपालिकाको कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । लगातारको बेमौसमी वर्षासँगै आएको जुड्डीखोलामा आएको बाढीले गाउँपालिकाको कार्यालयका संरचना बगाएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए ।

बाढीले कार्यालय नै बगाएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह ठप्प भएको छ । ‘गाउँपालिकाको कार्यालय बाढीले बगाएको छ, सामानहरु पनि बगायो,’ अध्यक्ष शाहीले भने, ‘गाउँपालिकाबाट प्रवाह हुने सेवा सुचारु हुन सकेको छैन ।’

उनले केही समय अगाडि पहिरोका कारण थुनिएको कर्णालीले कटान गरेको क्षेत्र अहिलेको वर्षाले वगाएको बताए । बाढीले गाउँपालिका कार्यालय भवनका १४ कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका सात कोठामा क्षति पुर्‍याएको अध्यक्ष शाहीले जानकारी दिए । यस्तै गाउँपालिकाले तयार गरेको पाँच बेडको अस्थायी कोरोना अस्पताल र गाउँपालिकाको सभा हल पनि बाढीले बगाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?