+
+

विराटनगर विमास्थलमा आज बिहानैदेखि उडान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते ७:४९
डुबानमा परेको विराटनगर विमानस्थल । फाइल तस्वीर ।

६ कात्तिक, काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा आएको छ ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उडान तालिका बिहानदेखि साँझ पाँच बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो ।

उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडानसमेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?