+
+

लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १४:३४

७ असोज, काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको पन्ध्रौँ साधारणसभाले प्रकाश राज शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्ष चयन भएका शर्मा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् । संघको उपाध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका सीईओको मिन बहादुर बोहरा चयन भएका छन् भने नेशनल माइक्रोफाइनान्स सीईओ राम बहादुर यादव महासचिवमा दोहोरिएका छन् ।

संस्थाको सचिवमा सबैको लघुवित्तका सीईओ केशव पौडेल र कोषाध्यक्षमा उन्नति सहकार्य लघुिवत्तका सीईओ प्रेम बहादुर पाठक चयन भएका छन् ।

यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा श्रीराम पोखरेल, गंगाधर पाण्डे, प्रविण कुमार लामा, बद्री प्रसाद दुलाल, विनोद आचार्य र बिमला योगी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment