
काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत यस सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ ।
आइतबार भएको खेलमा रियलले बार्सिलोनालाई उसैको मैदानमन २-१ ले पराजित गरेको हो ।
बार्सिलोनाको मैदान नोउ क्याम्पमा रियलका लागि डेभिड अलाबा र लुकास भास्क्वेजले गोल गरे।
बार्सिलोनाका सर्जियो अगुएरोले एक गोल फर्काए ।
खेलको ३२औं मिनेटमा अलावाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इन्जुरी टाईममा भास्क्वेजले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
इन्जुरी टाईममै अगुएरोले एक गोल फर्काए पनि बार्सिलोनाले हार टार्न सकेन ।
रियलले लगातार चौथो पटक एल क्लासिको जितेको हो ।
जितपछि ९ खेलबाट ३० अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोना १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4