+
+
Shares

समृद्धिको दिशामा अग्रसर हुन सबैले योगदान गर्नुपर्छ : मन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १५:०१
फाइल तस्वीर

८ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैले योगदान गर्नुपर्ने बताएका छन् ।

समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्षभित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने उनको दाबी छ । विज्ञापन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रले समृद्धिको यात्रामा योगदान गर्नुपर्ने बताए ।

‘एउटै लक्ष्य हुनुपर्दछ । त्यो भनेको मुलुकलाई समृद्धिको दिशामा अग्रसर गराउने लक्ष्यमा पुर्‍याउनु पर्दछ । हामीले केवल भाषणमा, दस्तावेजमा मात्रै समृद्धिको कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले जनताले अनुभूति गर्न सक्ने किसिमको समृद्धिको दिशामा हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक तरिकाले अगाडि बढ्यौं भनेदेखि मलाई लाग्छ, १० वर्षभित्रमा साउथ एसियामा हामी एउटा सम्पन्न मुलुकको रुपमा विकसित हुन सक्दछौं ।’

मन्त्री कार्कीले विज्ञापन सम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सरोकारवाला सबै निकायलाई आह्वान गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?