+
+
Shares

राष्ट्रियसभाका यी २० सांसद हुँदैछन् पदमुक्त, एमालेका ८ जना

माओवादी केन्द्र र एकीकृत समाजवादीका ४/४ र कांग्रेसका ३ जना पदमुक्त हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १७:२८

८ कात्तिक, काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्य पदमुक्त हुँदैछन् । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् ।

नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् ।

एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई चार वर्षको अवधि पूरा गरेर विदा हुँदैछन् । प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता हुन् । गुरुङ विधायन व्यवस्थापन समितिका सभापति हुन् ।

माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक पनि फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् । दाहाल राष्ट्रिय सभामा उपाध्यक्ष छिन् भने शर्मा राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता हुन् ।

नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा चार जनाले नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

यस्तै, नेकपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे बिदा हुँदैछन् । अधिकारी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता हुन् भने भट्ट दियो विकास तथा सुशासन समितिकी सभापति हुन् ।

अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् ।

२०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको गोलाप्रथाबाट कार्यकाल तय गरिएको थियो । जसमध्ये गोला तान्दा २ वर्ष कार्यकालको गोला तान्नेहरु अघिल्लो बर्ष नै विदा भएका थिए भने ४ वर्षको तान्नेहरु आगामी फागुन २० गतेबाट बिदा हुन लागेका हुन् ।

पदमुक्त हुन लागेका एमाले सांसदहरु

१. अगमप्रसाद वान्तवा राई
२. कविता बोगटी
३. कोमल वली
४. चक्रप्रसाद स्नेही
५. नैनकला ओझा
६. परशुराम मेघी गुरुङ
७. रामलखन चमार
८. सुमनराज प्याकुरेल

पदमुक्त हुने कांग्रेस सांसद

१. दृगनारायण पाण्डे
२. तारादेवी भट्ट
३. राधेश्याम अधिकारी

पदमुक्त हुने माओवादी केन्द्रका सांसद

१. खिमकुमार विक
२. जीवन बुढा
३. दीनानाथ शर्मा
४. शशीकला दाहाल

पदमुक्त हुने एकीकृत समाजवादीका सांसद

१. उदया शर्मा पौडेल
२. ठगेन्द्रप्रकाश पुरी
३. शानितकुमारी अधिकारी जिसी
४. शेरबहादुर कुँवर

पदमुक्त हुने मनोनीत सांसद

१. रामनारायण बिडारी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?