+
+

नगद र सुनचाँदीका गहना चोरीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १७:२६

८ कात्तिक, काठमाडौं । विभिन्न सहकारी संस्था तथा घरबाट नगद तथा सुनचाँदीका गहना चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

रामेछापको दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही ठाउँका ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय हरिप्रसाद रसाइलीलाई प्रहरीले पक्राउ गरेको हो ।

कमल र धनलालले विभिन्न सहकारी संस्थाको कार्यालय तथा मानिसहरु नभएको मौका छोपी विभिन्न व्यक्तिका घरबाट नगद तथा सुनचाँदीका गरगहना चोरी गरेर ल्याउने र हरिप्रसादले खरिद गर्ने गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका गहना र दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?